काठमाडौं - माइतीघर मण्डलामा विभिन्न माग राखी अनसन बस्नेहरुको संख्या बाक्लिदै गएको छ । केही समय अगाडी गृहमन्त्री सुधन गुरुङ्ग आफै माइतीघरमा गएर सबै पीडितहरुसँग प्रत्यक्ष कुराकानी गरेर आफ्ना माग लिएर गृह मन्त्रालयमा आउन आग्रह गरेका थिए । जातीय विभेदका पीडित, बलत्कालका पीडित, दुघर्टना बाट पीडित लगायतका विभिन्न समस्यामा परेका पारिएका पीडितहको धर्ना अनसन जारी छ । सानो नावालकसहित बसेका अनसन वसेकालाई गृह मन्त्रालयमा बोलाएर उनीहरुका मागको सम्बन्धमा मन्त्रीले जानकारी पनि लिएका थिए ।

कतिपय पीडितहरु गृह मन्त्रालयले बोलाउदा नगएको स्रोतले बताएको थियो । गृह मन्त्रीले पीडित महिला किशोरीहरुका लागि गृह मन्त्रालय माइतीघर हो भनेका थिए । तर पनि  अहिलेसम्म पीडितहरुले माइतीघर मन्डला खाली गरेका छैनन । माइतीघरमा अनसन वस्नेहरु सबैको विवरण गृह मन्त्रालयमा अपडेट गर्ने काम मन्डलामा डिउटी खटिएका प्रहरीले दैनिक रुपमा गरिरहेको प्रहरीले जनाएको छ ।

माइतीघरमा जेनजी युवाहरुले पनि दैनिक रुपमा अनसन वस्ने गरेका त्यसैगरी पछिल्लो समय डाक्टरहरुले पनि विभिन्न माग राखी अनसन वसिरहेको त्यहाँ डिउटीमा रहेका प्रहरीले जनाएका छन ।