बाँके प्रहरीले लागुऔषध सहित एकजनालाइ पक्राउ गरेको छ।पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका ५ उढरापुर निवासी ३१ वर्षीय मुजमिल खाँ हुन।
जिल्ला बाँके खजुरा गाउँपालिका ५ उढरापुरबाट ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरिएको छ ।
शनिबार राति करिब २२:३० बजे लागुऔषध ब्युरो शाखा नेपालगञ्ज र इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा उभिईरहेका स्थानीय ३१ वर्षीय मुजमिल खाँलाई नियन्त्रणमा लिई खानतलासी गरिएको थियो ।
खानतलासीको क्रममा खाँको साथबाट ३५ ग्राम १९० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ । बरामद लागुऔषध सहित खाँलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको छ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख अङ्गुर जिसिले जानकारी दिनु भयो।


0 comment