काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसईई र कक्षा १२ को नजिता समयमा नै सार्वजनिक गर्न सक्नु सुशासनको एउटा एकदमै महत्वपूर्ण कदम भएको बताएका छन् ।
शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा पोखरेलले तीन महिनाभन्दा बढी समय लाग्ने गरेकोमा यस पटक चालिस दिनभित्रै नजिता सार्वजनिक हुनु सुशासनको एउटा एकदमै महत्वपूर्ण कदम भएको बताए ।
विश्वविद्यालयमा पनि छिटो छरितो काम गर्ने गरी कार्ययोजना बनिसकेको उनले बताए । मन्त्री पोखरेलले कक्षा १२ को परिक्षामा सोचेजस्तो नजिता नआएका विद्यार्थीहरुलाई पुरक परिक्षाको तयारी गर्न सुझाव दिए ।
कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले वैशाख र जेठ महिनामा मन्त्रिपरिषद्बाट भएका निर्णयहरु सार्वजनिक गरेका थिए ।


0 comment