रुपन्देही:जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका वडा नं. १२ स्थितमा बिगत केही दिन अगाडी देखी चिनियाँ नागरिकहरुले कानूनले निषेधित गरेको विभिन्न Apps र Website हरु मार्फत अभौतिक मुद्रा (किप्टोकरेन्सी) को कारोवार गरिरहेका छन भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले ७ जना चिनियाँ नागरिकलाइ पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा राहदानी नम्वर राहदानी नं. ER4733828 भएको बर्ष ४९ को XIONG GUOFU |
राहदानी नम्वर राहदानी नं. EB283321 भएको बर्ष ४३ को HU GANG ।
 राहदानी नम्वर EK2235349 भएको बर्ष ४५ को LI XUANHE I
राहदानी नम्वर EP9009232 भएको बर्ष ३६ को SUN HUI |
 राहदानी नम्वर E06886306 भएको बर्ष ३५ को ZHAO QIUCHEN |
 राहदानी नम्वर ER8413596 भएको बर्ष ३१ को XIANG JIASHUN I
राहदानी नम्वर EP6524364 भएको बर्ष ४५ को LI. BIN रहेका छ्न।

जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका वडा नं. १२ स्थितबाट बिभिन्न अभौतिक मुद्रा (किप्टोकरेन्सी) Apps र Website (Binance Apps, OKS Apps, INTOKEN Apps, Paytm, Bhim Apps, Mobikwik, Phonepe) मार्फत कारोवार गरिरहेका प्रहरीले फेला पारेको थियो। 

पक्राउ परेका प्रतिवादीहरुलाई दशिका सामानहरु सहित पक्राउ गरेको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहिका
सूचना अधिकारी कृष्ण कुमार चन्दले जानकारी दिनु भयो ।
प्रहरिले उनिहरुबाट विभिन्न कम्पनीका मोबाईल थान ११,ल्यापटप थान २ थान पनि बरामद गरेको छ।