काठमाडौं - आगामी आर्थिक वर्षको बजेट (विनियोजन विधेयक) प्रतिनिधिसभाबाट पारित भएको छ। मन्त्रालयगतको छलफल सकिएसँगै बिहीबार बहुमत सदस्यले विनियोजित विधेयक प्रतिनिधिसभाबाट पारित गरेका हुन्। 

त्यसअघि सांसदहरूले खर्च कटौतीको प्रस्ताव राखे पनि त्यो बहुमतले अस्वीकृत भएको थियो।