काठमाडौं - नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले देश र तीन करोड नेपालीलाई हेपेको आरोप लगाएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पोखरेलले लिपुलेक, कालापानी र लिम्पियाधुरा तीन सय ७२ किलोमिटर नेपाली भूमि १८१६ को सुगौली सन्धीपछि जारी भएका नक्शाहरु जताबाट हेरे पनि सो भूमि नेपालको भएको बताए ।
उनले प्रधानमन्त्रीले नेपाल–भारत सीमाको विषयमा संसदबाट बोलेको विषयमा प्रतिपक्षी दलहरु केहि दिनदेखि विरोध आफ्ना कुराहरु राखिरहेको बताए। उनले दार्चुलादेखि ताप्लेजुङसम्मका २३ जिल्लाका ६७ ठाउँमा ६० हजार ६७८ हेक्टर नेपालको भूमि भारतबाट अतिक्रमित भएको बताए ।
सांसद पोखरेलले सुगौली सन्धीपछिको नक्शाको आधारमा प्रधानमन्त्री शाहले संसदमा जे कुरा बोल्नु भयो आज १९ दिन बितिसक्दा पनि त्यसको विषयमा संसदमा आएर मैले गल्ती गरे नभनेको बताए । उनले भने, ‘प्रधानमन्त्रीले देशलाई हेप्नु भयो, तीन करोड नेपाली जनतालाई हेप्नु भयो । राष्ट्रघात हुने बोल्नु भयो, प्रधानमन्त्रीबाट राष्ट्रघात भयो ।’


0 comment