काठमाडौं - नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै रुलिङको माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा राख्नु सबैको जिम्मेवारी भएकोमा सरकारका मन्त्रीहरुले संसदको मर्यादामाथि उल्लंघन गरेको भन्दै रुलिङको माग गरेका थिए ।
सांसदहरुले धारणा राख्दै गर्दै मन्त्रीहरु अगाडिबाट हिड्ने काम प्रतिनिधिसभा नियमावली विपरीत रहेको उनको भनाइ छ । उनले सरकार अझै बढी जिम्मेवार भएर प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम गर्नुपर्ने धारणा राखे।


0 comment