भक्तपुर:जिल्ला प्रहरी परिसर भक्तपुरको टोलिले बैकिङ्ग कसुर मुद्धामा एकजनालाइ पक्राउ गरेको को छ। पक्राउ पर्नेमा भक्तपुर जिल्ला सुर्यबिनायक नगरपालिका वडा नम्बर १० बस्ने बर्ष ५४ का टीका पुरी रहेका छन।

पक्राउ परेका टीका पुरिले चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर ७ निवासी एक महिला सङ्गको लेनदेनमा रकम नभएको ६२ लाखको चेक काटी दिएको थियो।

पिडितले लामो समय सम्म पनि रकम नपाए पछि जिल्ला प्रहरी कार्यालय चितवनमा बैकिङ्ग कसुर मुद्धामा जाहेरी दिएका थिए।

पटक पटक रकम माग्दा समय समयमा उल्टो धम्की दिने गरेको पिडित पिडित पक्षको भनाइ छ।
मुद्धा चितवन जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको र अभियुक्त भक्तपुर बस्ने भएकोले भक्तपुर प्रहरीमा पक्राउ पुर्जी प्राप्त भए पछि  पक्राउ गरेको हो।
पक्राउ परेका टीका पुरीलाइ जिल्ला प्रहरी जिल्ला प्रहरि कार्यालय चितवन पठाइने कार्यालयका प्रबक्ता प्रकाश जबेगुले जानकारी दिनु भयो।

पक्राउ परेका पुरी पहिला पनि बैकिङ्ग कसुर मुद्धामा चितवन जिल्ला प्रहरी कार्यालयको हिरासतमा २ दिन थुनामा बसि पछि पिडित सङ्ग मिलापत्र गरि रिहा भएका ब्यक्ती हुन।