काठमाडौ:जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका ६ नारायणटार घर भइ गोकर्णेश्वर नगरपालिका ८ माकलबारी स्थित डेरा गरी बस्ने वर्ष ३२ को नवाङ शेर्पाले लागु औषध बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले निजको कोठा चेकजाँच गरेको थियो।

प्रहरीले पक्राउ परेकाको कोठाबाट ,ब्रुफिनन ११५ एम्पुल, फेनारगन ११४ एम्पुल,डाइजापाम ११७ एम्पुल,नगद रु. २५ हजार ५० रुपैया लागु औषध र  बरामद गरेको थियो।

 खानतलासी गर्ने क्रममा फेला परेको लागु औषध, नगद र प्रहरीको नक्कली परिचयपत्र सहित नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको ।
  जिल्ला प्रहरी परिसर काठमाडौका  प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिनु भयो।