काठमाडौ:प्रहरीले बाराको सिम्रौनगणबाट काठमाण्डौ तर्फ आउदै गरेको बागमती प्रदेश BAD9201 नम्बरको रातो रगंको सुजुकी कार भित्र ठुलो परिमाणको लागु औषध ट्रामाडोल बरामद गरेको छ। साथै लागुऔषध ओसार पसार गर्ने ३ जनालाइ पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा जिल्ला बारा सिम्रौनगढ न.पा. वडा नं. ३ ठेगाना भएका बर्ष ३५ को जितेन्द्र पासवान।
भारतीय नागरिक बिहार जिल्ला सितामणी जानकी स्थान वडा नं. १८ ठेगाना भएका बर्ष ३२ को अहमद लड्न, भारतीय नागरिक बिहार जिल्ला सितामणी जानकी स्थान वडा नं. ६ ठेगाना भएका बर्ष ३३ महमद सद्दाम रहेका छन।

 लागु औषध लुकाएत ल्याउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा  लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उक्त नम्बरको कारलाई खोज तलास गर्दै जाने क्रममा जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं. २३ स्थित गैरी गाउँ बाट नख्खु तर्फ आउदै गरेको अवस्थामा उक्त कार र बा.५२.प. ४५६७ नम्बरको मोटर साईकल फेला पारी रोक्न अनुरोध गर्दा समेत अटेर गरी भाग्ने प्रयास गरेको थियो।

प्रहरीकोले नियन्त्रण लिन खोज्दा भाग्दै गरेको अवस्थामा कारको पछाडीको दाहिनेतर्फको टायरमा एक राउण्ड गोली प्रहार गरी उक्त कार र मोटर साईकल नियन्त्रणमा लिएको थियो।

कारको खान तलासी गर्दा कारको पछाडी डिक्की भित्र लुकाई राखेको अवस्थामा लागु औषध ट्रामाडोल ३० हजार क्याप्सुल बरामद गरि कार भित्र रहेको १ जना र मोटर साईकलमा रहेको २ जना गरी ३ जना लाई पक्राउ गरि यस कार्यालयबाट थप अनुसन्धान भई रहेको ।

प्रहरीले पक्राउ परेकाहरुबाट लागु औषधका साथै बागमती प्रदेशको BAD9201 नम्बरको रातो रंगको सुजुकी कम्पनिको कार थान - १ 
बा.५२.प. ४५६७ नम्बरको सेतो रगंको FZ कम्पनिको मो.सा. थान १ र मोबाईल ५ थान पनि बरामद गरेको छ।