सिराह:प्रहरीले  सिरहा जिल्ला, सिरहा नगरपालिका ७ हेमनारायण चोकबाट २० ग्राम २० मिलिग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ गरेका छ ।
जिल्ला प्रहरी कार्यालय सिरहा र लागूऔषध ब्युरो गोलबजार, सिरहाको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा तिनिहरुलाइ पक्राउ गरेको हो ।

 सिरहा बजारबाट ट्राफिक चोकतर्फ आउँदै गरेको स ५ प ३९९४ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा चालक सिरहा नगरपालिका २ बस्ने २२ वर्षीय राजा यादवको साथबाट २० ग्राम २० मिलिग्राम ब्राउन सुगर फेला परेको हो ।

मोटरसाइकलमा पछाडि सवार सिरहा नगरपालिका १२ बस्ने २० वर्षीय पहलाद कुमार यादव र सोही ठाउँ बस्ने २० वर्षीय सनि मुखिया समेतलाई मोटरसाइकल सहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको प्रहरीले जनाएको छ ।