काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमा नै प्लेकार्ड देखाएर विरोध गर्दै अध्यक्ष साम्पाङले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन र प्रधानमन्त्री स्वयं संसदमा आएर माफीमा माग्नुपर्ने माग गरेका हुन्। उनले सदन सञ्चालन भएपनि माग पुरा नभएसम्म आफूहरुले यस विषयमा निरन्तर आवाज उठाउने धारणा राखे ।
साथै साम्पाङले संसदलाई नियमावली अनुसार सञ्चालन गर्न ध्यानाकर्षण गराए ।


0 comment