काठमाडौं - सभामुख डोलप्रसाद अर्यालले विपक्षी सांसदहरुले सभाको अपमान गरेको भन्दै आपत्ति जनाए । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सचेतक निश्कल राईले सहिदहरूको नाममा ५ मिनेट मौनधारण सुरु गरेपछि सभामुख अर्यालले आफ्नै विवेकले सभा सञ्चालन गर्ने गरी समय तोकेर सभाको अपमान भएको भन्दै आपत्ति जनाएका हुन् ।
सभामुखले सभा सञ्चालन गर्दैगर्दा सदस्यहरूले आफ्नै विवेकले सभा सञ्चालन गर्नेगरी आफैँले समय तोक्ने कामले सभामाथि अपमान भएको उनले बताए । उनले सभामा विपक्षी सांसदहरुको अभिव्यक्तिप्रति समेत आपत्ति जनाउदै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे ।
त्यसअघि कांग्रेसका सचेतक राईले नेपाल देशलाई एकीकरण गर्न र एकताबद्ध राख्न योगदान गर्नेको सम्मानका लागि मौन धारणका लागि आग्रह गरेका थिए । त्यसपछि विपक्षी सांसदहरु मात्रै मौनधारणका लागि उठेका थिए ।


0 comment