काठमाडौं - जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले नेपालमा जुनसुकै शासन व्यवस्था आए पनि मधेसका मागप्रति अनुदार हुने गरेको बताएका छन् ।

सोमबार माइतीघरमा जनमत पार्टीले गरेको प्रदर्शनमा सम्बोधन गर्दै उनले  मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको बताए

उनले भने,‘मधेशबाट मत लिएर सरकार बनाउने तर मधेशका अधिकारका सवालमा बेवास्ता गर्ने प्रवृत्ति बालेन सरकारको पालामा पनि निरन्तर कायमै छ ।’

उनले मधेशका माग सम्बोधन गर्न वर्तमान सरकारलाई आग्रह गरेका छन् ।