काठमाडौं - लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले १६ दलित सुकुम्वासी परिवारलाई पक्की घर हस्तान्तरण गरेका छन् । लहान-२१ बेतहा गाउँका १६ दलित सुकुमवासी परिवारलाई नगरप्रमुख चौधरीले बुधबार पक्की घर हस्तान्तरण गरेका हुन् । नगरपालिकाले केही दिनअघि नगरभित्र रहेका ४४ दलित सुकुमवासी परिवारलाई यस्तै घर हस्तान्तरण गरिसकेको छ ।
घर पाउनेमा अति विपन्न मानिने मुसहर, रामलगायतका समुदायका रहेको लहान नगरपालिकाले जनाएको छ । यसअघि फुसको घरमा बस्दै आएका उनीहरु पक्की घरमा बस्न पाएपछि दंग परेका छन् । नगरपालिका र हेविटेट फर ह्युम्यानिटी नेपालको संयुक्त लगानीमा ती घरुहरु निर्माण गरिएका हुन् । २ वटा बस्ने कोठा र एउटा भान्सा कोठा रहेका यी घरहरुको आयु ३० वर्षभन्दा बढी हुनेछ ।
काठमाडौं लगायतका देशका विभिन्न स्थानमा सुकुम्वासीलाई हटाइरहँदा लहानमा भने स्थानीय सरकारले संरक्षण गर्दै उनीहरुका लागि घर हस्तान्तरण गरे मानवीय कार्य गरेको छ ।


0 comment