काठमाडौं - नेपाल विद्यार्थी सङ्घको अध्यक्षमा करूणा कटुवाल नियुक्त भएकी छन् । पार्टी सभापति गगनकुमार थापाले उनलाई पार्टीको विधानअनुसार आज नियुक्त गरेका हुन्।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम कांग्रेसको विधानअनुसार म्याद समाप्त भई स्वतः विघटन भएको नेविसङ्घको अध्यक्षमा कटुवाललाई नियुक्त गरिएको हो ।

अध्यक्ष कटुवाललाई तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरणसहित जिम्मेवारी पनि तोकिएको  छ ।