काठमाडौं - श्रम संस्कृतिक पार्टीका सांसद् आरेन राईले आफूले सोधेको प्रश्नमा प्रधानमन्त्रीले त्यस्तो जवाफ दिनुहुन्छ भन्ने थाहा पाएको भए प्रश्नै सोध्ने थिएन भनेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बैल्दै उनले प्रधानमन्त्रीको अभि्व्यक्तिले आफूलाई गहिरो दु:ख र लज्जाबोध भएको बताएका छन् ।
नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता राष्ट्रिय एकता र भौगोलिक अखण्डता कुनै राजनीतिक दल, सरकार र व्यक्तिको मात्र विषय नभइ यो सम्पूर्ण नेपाली जनताको साझा भावना र संविधानको मूल मर्म र राष्ट्रको अस्तित्वसँग जोडिएको विषय भन्दै यस्ता विषयमा बोलिने अभिव्यक्ति राष्ट्रहितको अनुकुलतामा हुनु पर्ने बताए । प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट मात्र हटाएर हुँदैन यो इतिहासमा नजिर स्थापित भएको उनको भनाइ थियो ।


0 comment