काठमाडौं - नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति राष्ट्रघाती रहेको बताएका छ। सोमबार विज्ञप्ति जारी गर्दै नेकपाका प्रवक्ता प्रकाश ज्वालाले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति राष्ट्रघाती रहेको बताएका हुन्।

‘भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो’, विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा शाहले ऐतिहासिक तथ्यलाई तोडमोड गरेकोसमेत उनले उल्लेख गरेका छन्।

प्रधानमन्त्रीको भनाइप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सीमा मिच्नु र भोगचलन हुनु फरक कुरा भएको ज्वालाले विज्ञप्तिमार्फत् बताएका छन्। नेपाल र भारत सिमामा भोगचलनमा एकले अर्कोको जमिन प्रयोगलाई अतिक्रमत भन्न नमिल्ने विज्ञप्तिमा जनाइएको छ।