काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिइरहेका छन् । कांग्रेस सांसद अर्जुननरसिंह कार्कीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले  शाहले मानव अधिकार आयोगको मात्र नभई नेपाल सरकारलाई बुझाएको सबै प्रतिवेदन अध्ययनको चरणमा रहेको र कार्यान्वयन गर्ने बताए ।

उनले आयोगका धेरै प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने रहेको र भदौ २३ र २४ को जेन-जी आन्दोलनको प्रतिवेदन पनि कार्यान्वयन हुने बताए । ती सबै प्रतिवेदन नेपाल सरकारले अध्ययन गर्छ,’ उनले भने, ‘एकमुष्ट रूपमा अध्ययन गरेर गर्नुपर्ने काम कारबाहीहरू त्यही रूपमा गर्छ । ’

मानवअधिकार आयोगको प्रतिवेदन अहिलेसम्म सरकारसमक्ष आइनसकेको प्रधानमन्त्री शाहले बताए । अध्ययन समितिले अध्ययन गरेले आएको रिपोर्ट सरकारले सार्वजनिक गर्ने उनको भनाइछ ।