काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजानुपर्ने बताएका छन्।
राप्रपा स्थापनाको ३६ वर्ष प्रवेश गरेको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै लिङ्देनले मानव अधिकार आयोगको प्रतिवेदन अत्यन्तै महत्त्वको रहेको जनाउँदै यसलाई कार्यान्वयन गर्ने दिशातर्फ सरकार अग्रसर हुनुपर्ने बताए।
मानव अधिकार आयोगको प्रतिवेदन नेपालमा मात्रै सीमित नभएर यो संयुक्त राष्ट्रसंघ र त्यसमा आवद्ध संघ संस्थाको पनि रेकर्डमा रहने बताए । आयोगले दोषी ठहर्याएका मानिसहरूले पनि प्रक्रिया पुर्याएर छिटोभन्दा छिटो सफाइ लिनुपर्ने उनको भनाइ थियो ।आयोगको प्रतिवेदनमा अभियोग लगाइएका व्यक्तिले विदेश जाँदा अप्ठ्यारो पर्नेसक्ने तर्फ पनि सचेत गराएका छन्।
राप्रपाले पार्टी कार्यालय चाबाहिलमा स्थापनाको ३६ औँ बर्ष प्रवेश गरेकोमा झन्डोत्तोलन र शुभकामना आदानप्रदान कार्यक्रम गर्यो ।


0 comment