काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पार्टी एकताका लागि प्रस्ताव गरेका छन्। श्रम संस्कृति पार्टीको संसदीय दलका अध्यक्षसमेत रहेका राईले खुल्ला निमन्त्रणासहित आह्वान गरेका हुन् ।
साम्पाङले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘केपी ओली र प्रचण्ड मिल्न सक्ने, प्रचण्ड र शेर ब. देउवा मिल्न सक्ने, बालेन र रवि मिल्न सक्ने तर हर्क साम्पाङ र कुलमान मिल्न नसक्ने??? यस्तो नि हुन्छ??? मिल्नुपर्छ भनेर मैले निम्तो पठाछु हिजो।’
गत प्रतिनिधिसभा चुनावमा ७ सिट जितेको श्रम संस्कृति पार्टीले यसअघि सुदन किराँती नेतृत्वको समूहलाई आफ्नो पार्टीमा मिलाइसकेको छ। अध्यक्ष साम्पाङले पार्टी एकताका लागि गरेको प्रस्तावलाई उज्यालो पार्टीका अध्यक्ष घिसिङले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।


0 comment