काठमाडौं - नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि सर्वपक्षीय गोलमेच सम्मेलनको आयोजना गर्न सुझाव दिएका छन् ।मंगलबार बसेको प्रतिनिधिभाको शून्य समयमा सांसद केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा शक्तिशाली आयोग गठन गरेर उक्त आयोगमार्फत राष्ट्रिय संवादका लागि गोलमेच सम्मेलन गर्न माग गरेका हुन् ।
आयोगमा संविधानविद्, राजनीतिक दल, प्रशासनिक विज्ञ र नागरिक समाजका प्रतिनिधिहरू समावेश गर्नुपर्ने उनको भनाइ छ । उनले राष्ट्रिय जटिलता, वैश्विक द्वन्द्व र सामाजिक ध्रुवीकरणको अवस्थामा सत्ता वरिपरि केन्द्रित बहसले मात्र संशोधन सफल नहुने धारणा राखे ।
वृहत् राष्ट्रिय संवादबाट मात्र संविधान संशोधनले वैधानिकता, जनविश्वास र साझा राष्ट्रिय सहमतिका साथै दीर्घकालीन स्थिरता, लोकतान्त्रिक विश्वास तथा राष्ट्रिय एकता र मेलमिलापको आधार तयार गर्न सक्ने उल्लेख गरे ।


0 comment