काठमाडौं - सत्तारुढ दल रास्वपाले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदको प्रश्नोत्तर कार्यक्रममा छिट्टै ल्याउने प्रतिबद्धता जनाएको छ। प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा रास्वपा प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्री शाहलाई संसदमा हुने प्रश्नोत्तर कार्यक्रममा उपस्थित गराउने प्रतिबद्धता जनाएका हुन् ।
विपक्षी दलहरुले संसद् नियमावलीको व्यवस्थाअनुसार प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी हुनैपर्ने अडान लिदै आएका छन् । संसद् नियमावलीमा प्रधानमन्त्री र सांसदहरुबीच प्रत्यक्ष प्रश्नोत्तर हुने व्यवस्था छ । प्रधानमन्त्री संसद्मा उपस्थित नभएकोमा विपक्षी दलहरुले चर्को विरोध गर्दै आएका छन् ।


0 comment