काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री छिट्टै सदनमा आएर उठेका प्रश्नको जवाफ दिने बताएका छन् ।
बिहीबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले प्रधानमन्त्री छिट्टै सदनमा आउने र यसको जानकारी पनि छिट्टै हुने बताए ।
प्रधानमन्त्री संसदमा नआउँदा तपाईलाई दबाब बढेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा लामिछानेले आफूलाई कुनै दबाब नभएको बताए। उनले जनताको अपेक्षा अनुसार सरकारले काम गरोस् भन्ने दबाब भने आफूलाई हुने गरेको उल्लेख गरे।
पार्टी सभापति लामिछाने र संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहबीच नै भेटघाट भएको छैन । प्रधानमन्त्री सदन आएर जवाफ दिए हुन्थ्यो भन्ने पार्टी सभापतिलाई मनमा लागे पनि उनी प्रधानमन्त्रीलाई भन्न सक्ने अवस्था देखिन्न । सभापति लामिछानेले महाधिवेशनमा पार्टी होमिएको र महाधिवेशनमार्फत पार्टीलाई ठीक ढंगले अघि लिएर जाने धारणा राखे ।


0 comment