काठमाडौं - नेकपा (एमाले) का सांसद गुरु बरालले भरपर्दो बसोबासको व्यवस्था नगरी भूमिहीन सुकुम्वासीको घरटहरा हटाएर सरकारले गम्भीर र त्रुटिपूर्ण निर्णय गरेको आरोप लगाएका छन्।

बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद बरालले भूमिहीन सुकुम्वासीहरुलाई उचित व्यवस्थापन गर्नुपर्नेमा भरपर्दो बसोबासको व्यवस्था नगरी घरटहरा हटाएर सरकारले गम्भीर र त्रुटिपूर्ण निर्णय गरेको आरोप लगाए । उनले भूमिहीन सुकुम्वासीको व्यवस्थापन नगरी प्रतिमहिना १५ हजार दिने निर्णय समेत व्यवहारिक नभएको धारणा राखे। सरकारको राहतले काठमाडौंमा एउटा परिवार बाच्न नसक्ने भन्दै उहाले सरकारले सुकुम्वासीमाथि अत्यन्त ठूलो अमानवीय हमला गरेको तर्क गरे ।

भूमिहीन सुकुम्वासी होल्डिङ सेन्टरहरूमा अत्यन्त अमानवीय ढङ्गले बस्नुपरेको उल्लेख गर्दै सांसद बरालले  स्थायी प्रबन्धका लागि तत्काल सरकारले नयाँ व्यवस्था गर्नुपर्ने बताए ।