काठमाडौं - काठमाडौं - नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यतालाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बसेको केन्द्रीय सचिवालय बैठकले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो।

 गत वर्ष साउन ५ र ६ मा बसेको केन्द्रीय कमिटीले भण्डारीको सदस्यता ‘पेन्डिङ’राखेको थियो ।त्यतिबेला भण्डारीले सदस्यता नवीकरण गरेको भने पनि  केन्द्रीय कमिटीले त्यसलाई मान्यता दिएको थिएन ।  उपमहासचिव लेखराज भट्टले जानकारी दिए

राष्ट्रप्रमुख भइसकेको व्यक्ति राजनीतिमा आउने उनको चाहनालाई लिएर एमालेका नेताहरु नै दुई पक्षमा विभाजित हुँदा पार्टीभित्र विवाद चुलिएको थियो । गत वर्ष साउन ५ र ६ को केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन नहुने निष्कर्ष निकालेको थियो । एक दिनअघि भएको ३३ औं मदन-आश्रित स्मृति दिवस कार्यक्रमको प्रमुख अतिथि बनाएर एमालेले उनको राजनीतिक सक्रियता प्रस्टयाएको थियो ।