काठमाडौं - सभामुख डोलप्रसाद अर्याल (डिपी)ले संसदमा प्ले कार्ड र पर्चासहितको विरोधको शैली नअपनाउन निर्देशन दिएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित श्रम संस्कृति पार्टीले विरोध जनाएपछि सभामुख अर्यालले यस्तो आदेश दिएका हुन् । हर्क साम्पाङसहित श्रम संस्कृति पार्टी सांसदहरुले बैठक सुरु हुने बित्तिकै सभामुखको अगाडि गएर प्ले कार्ड देखाएका थिए ।
श्रम संस्कृति पार्टीको गतिविधिपछि सभामुखले प्रतिनिधिस कानुन निर्माण गर्ने महत्वपूर्ण थलो भएकाले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्मा नदेखाउन आदेश गरेका हुन् ।तर सभामुखको आदेशपछि पनि श्रम संस्कृतिका पार्टीका सांसदहरू भने छातीमा पर्चा टाँसेरै बैठकमा बसिरहेका छन् । यस्तो शैलीलाई सभामुखले संसदीय मर्यादा विपरीत रहेको भनेर विरोधको शैली बदल्न आदेश गरेका हुन् ।


0 comment