काठमाडौं - नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सो प्रतिवेदन सबै सांसदहरूलाई उपलब्ध गराउन माग गरेका हुन् । सांसद केसीले आयोगको प्रतिवेदन अझै औपचारिक रूपमा सरकारले सार्वजनिक नगरेकोमा आपत्ति जनाए ।

‘भाद्र २३ र २४ घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रतिवेदन तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुझाइसकेको छ । तर उक्त दस्तावेज अझै औपचारिक रूपमा सार्वजनिक गरिएको छैन ।

 यसैगरी उनले जेनजी आन्दोलन सम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनलाई पनि सार्वजनिक गर्न माग गरे ।  लिली थापा संयोजकत्वमा आयोगले उक्त घटनाको छानबिन गरेर प्रतिवेदन बुझाइसकेको छ । 

त्यसमा सेनाप्रमुख, बालेन्द्र शाह, केपी शर्मा ओली, रमेश लेखक  र सुरक्षा प्रमुखमाथि पनि छानबिन गर्न भनिएको छ । केसीले त्यस्ता आयोगहरूको प्रतिवेदन कसको स्वार्थले सार्वजनिक गरिएन भन्दै चासो समेत व्यक्त गरे र