काठमाडौ:२०२६ को अवसरमा विश्व सडक सुरक्षा सप्ताह राष्ट्रिय सडक सुरक्षा परिषद् र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा "सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरणमा हाम्रो जिम्मेवारी" भन्ने मूल नाराका साथ आज प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल सरकार पूर्वाधार विकास मन्त्रालयका सचिव एवम् राष्ट्रिय सडक सुरक्षा परिषद्का अध्यक्ष गोपाल प्रसाद सिग्देलको प्रमुख आतिथ्यमा प्रभातफेरी कार्यक्रम समापन भएको हो ।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्यविभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदी, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की, सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेश बहादुर केसी, राष्ट्रिय सडक सुरक्षा परिषद्का Technical Advisor सरोज प्रधान, यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, Rotary International का Road Safety Committee अध्यक्ष नुगल वैद्य, Naima Nepal का कार्यकारी निर्देशक राज कुमार दुलाल, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र संचारकर्मीहरूको उपस्थिति रहको थियो ।
बबरमहलबाट सुरु भएको प्रभातफेरी कार्यक्रमको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा सम्पन्न समापन समारोहमा प्रमुख अतिथि सिग्देल सहित प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदी, राष्ट्रिय सडक सुरक्षा परिषद्का Technical Advisor सरोज प्रधान, यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसीले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले मन्तव्य मार्फत अतिथिहरूलाई स्वागत गर्नु भएको थियो भने काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य राख्नु भएको थियो ।


0 comment