काठमाडौं - सुनधारास्थित केन्द्रीय कारागारबाट फरार महिला कैदी अझै भेटिएकी छैनन् ।  २५ वर्षीया सपना तामाङ शुक्रबार बिहान साढे १ बजे  जगन्नाथ देवलगणबाट फरार भएकी थिइन्।

उनी जेलका पछाडिको पर्खाल नाघेर भागेको सिसिटिभी फुटेजबाट देखिएको सुन्धारा गारागारका जेलर कृष्ण चापागाईंले बताए।  उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

नुवाकोटको विदुर नगरपाालिकाकी तामाङ जन्मकैदको सजाय भोगिरहेकी थिइन् ।  उनी अपहरण, शरीर बन्धक, कर्तव्य ज्यान मुद्दा तथा डाँका चोरीमा दोषी ठहर भई २०७५ मा जेल चलान भएकी थिइन्। उनी भागेपछि कारागारको सुरक्षा व्यवस्था थप मजबुत पारिएको छ ।