काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले पहिलोपटक प्रमुख अतिथिका रूपमा आफ्नो कार्यक्रममा स्थान दिएको छ।
३३औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा एमालेले आइतबार आफ्नो पुरानो कार्यालय रहेको मदननगर बल्खुमा आयोजना गरेको सभामा पूर्वराष्ट्रपति भण्डारीलाई प्रमुख अतिथि बनाएको हो। पार्टी सदस्यता रोक्ने निर्णय गरेयता उनी खासै एमालेको कार्यक्रममा उपस्थित देखिँदैन थिइन् ।
त्यसो त बिरामी भएर घरमै आराम गरिरहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।
मदन–आश्रितको सम्झनामा आज सामाजिक सञ्चालमार्फत सन्देश जारी गर्दै अध्यक्ष ओलीले उहाँहरूलाई आफ्ना नेता, साथी र सहयोद्धाका रूपमा चित्रण गरेका छन् । उनले घाउहरू पुराना भए पनि तिनको दुखाइका स्मृति झन् गाढा हुँदा रहेछन् भनेका छन् ।
कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीलाई प्रमुख अतिथि बनाएर एमालेका उपाध्यक्षत्रय रामबहादुर थापा, विष्णु पौडेल र गोकर्ण विष्ट तथा महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई, सचिवहरू पद्मा अर्याल, भानुभक्त ढकाल, हिक्मत कार्की राजन भट्टराई र खगराज अधिकारीलगायत पदाधिकारी सहभागी भए।


0 comment