काठमाडौं - विपक्षी दलहरुको बहिष्कार र अवरोधबीच सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिएका थिए । नीति, कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीबाटै दिनुपर्ने विपक्षी दलहरुको माग थियो ।
एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले बैठक बहिष्कार गरिरहँदा कांग्रेसले भने उठेर विरोध जनाएको थियो ।प्रतिपक्षी दलहरुले प्रधानमन्त्रीको उपस्थितिबिना नीति तथा कार्यक्रममाथि छलफल नगर्ने भनेपछि पटकपटक सदन अवरुद्ध भएको थियो ।
नीति तथा कार्यक्रममाथि ३५ वटा संशोधन प्रस्ताव पेस भएकोमा ती सबै बहुमतले अस्वीकृत भए । सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले गत सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।


0 comment