काठमाडौं - कीर्तिपुरमा एक युवकको हत्या गरेको घटनाका मुख्य अभियुक्तलाई प्रहरीलाई बिहीबार गोली चलाएर समातेको छ ।
हत्याका मुख्य अभियुक्त सुजन शाहीलाई गोली चलाएर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरीले टोखा एरियामा फेला पारेर नियन्त्रणमा लिन खोज्दा उनी फरार भएका थिए ।
प्रहरीले नियन्त्रणमा लिने क्रममा फरार भएका शाहीलाई घुँडामुनि गोली हानिएको थियो । यो घटनामा संलग्न भएको आरोपमा प्रहरी वृत्त कीर्तिपुर तीन जनालाई यसअघि नै पक्राउ गरिसकेको छ।
उनीहरुविरुद्ध प्रहरीले कर्तव्य ज्यानको मुद्दामा अनुसन्धान गरिरहेको छ । उक्त समूहले वैशाख २३ मा दिउँसो कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा गुल्मीको धुर्कोट नगरपालिका–७ घर भई कीर्तिपुर ढल्पा बस्ने २२ वर्षीय विपिन घिमिरेको हत्या गरेको थियो ।


0 comment