काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको पहिलो महाधिवशेनले रवि लामिछानेलाई नै सर्वसम्मत रुपमा सभापति चयन गर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री बुर्लाकोटीले सभापति पदमा लामिछाने नै दोहरिने बताएका हुन् । उनले पार्टीलाई बलियो र एकढिक्का बनाउदै देशलाई निकास दिनका लागि पनि नेतृत्वमा हानथाप गर्न उचित नहुने धारणा राखे । सभापति बाहेक अन्य विभिन्न पदमा आकांक्षी प्रस्तुत गर्नु स्वभाविक भएपनि औपचारिक रुपमा कुनै छलफल नभएको उनले बताए ।
उनले महाधिवेशनलाई सफल बनाउन उपसमिति बनाएर काम भइरकेको र तीव्र रुपमा तयारी अघि बढिसकेको बताए । रास्वपाले पार्टीको स्थापना दिवस पारेर पहिलो महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरिसकेको छ ।


0 comment