काठमाडौं - सुकम्वासी, भूमिहीन अव्यवस्थित बसोबासीस्थलमा जबरजस्ती डोजर लगाई उठिबास लगाएको भन्दै बिहीबार पनि काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।
कुनै विकल्प पनि नदिइ सरकारले सुकम्वासी, भूमिहीन अव्यवस्थित बसोबासीस्थलमा डोजर लगाएर आफुहरुमाथि अन्याय गरेको भन्दै संयुक्त सुकुम्बासी मोर्चा लगाएत विभिन्न संघसंस्थाको अगुवाइमा बिहीबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन भएको हो ।
प्रदर्शनमा सहभागीहरुले भूमि र आवास अधिकारको लागि निरन्तर आवाज उठाउने धारणा राखेका छन् । प्रदर्शनमा सहभागीहरुले सरकारको सय कार्यसूची सार्वजनिक गर, मौलिक हक कार्यान्वयन गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।


0 comment