काठमाडौं - त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी प्राडा. सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ । प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाह(बालेन)ले इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा. बज्राचार्यलाई जिम्मेवारी दिएका हुन् ।

 विश्वविद्यालय पदाधिकारीविहीन भएपछि निमित्तको जिम्मेवारी बज्राचार्यलाई दिएको हो ।अध्यादेश जारी हुनुअघि नै त्रिविका उपकुलपतिका प्राडा. दीपक अर्यालले राजीनामा दिएपछि सो पद रिक्त रहेको थियो ।

अध्यादेशबाट पदमुक्त हुनुअघि नै विश्वविद्यालयको उपकुलपतिसँगै शिक्षाध्यक्ष प्राडा. खड्ग केसी र रजिस्ट्रार प्राडा. केदारप्रसाद रिजालले पनि राजीनामा दिएका थिए । विश्वविद्यालयको उपकुलपतिका लागि गठित सिफारिस समितिले आवेदन दिन १० दिनको समय दिइएको छ ।