काठमाडौं - नेकपा एमालेका सचेतक ऐन महरले सदन प्रति सरकार उत्तरदायी बन्न नसकेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सरकारले संविधान अनुसारको शासन प्रणाली अवलम्बन गर्नेमा आशङ्का समेत व्यक्त गर्दै उनले प्रधानमन्त्री शाहले संसद्लाई पटक पटक उपेक्षा गरेको तथा संसद्को अपमान गरेको आरोप लगाएका छन् ।
यहाँ एउटा प्रश्न जबरजस्त रूपमा उठिरहेको छ, अहिलेको सरकारले कुन शासन प्रणालीलाई अवलम्बन गरिरहेको छ ? संविधानमा व्यवस्था भए बमोजिमको शासन प्रणालीलाई अवलम्बन गरिरहेको हो कि अरू कुनै शासन प्रणाली, अरू कुनै तन्त्र विकास गरिरहेको हो ? बजारमा एउटा कुरा छ कि प्रधानमन्त्री बालेन शाहले लोकतन्त्रलाई भन्दा पनि कतै बालेनतन्त्र पो विकास गर्न खोज्नुभएको हो कि भन्ने एउटा आम प्रश्न र जिज्ञासा बनिरहेको छ ।’यो किन भने उहाले संसदलाई पटक पटक उपेक्षा गरिरहनुभएको छ ।यसप्रति गम्भीर चिन्ता र चासोको बिषय हो । "
उनले सरकार संविधानको धारा ७६(१०) अनुसार संसद्प्रति पूर्ण रूपमा उत्तरदायी र जवाफदेही हुनुपर्ने बताए।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री संसद्मा उपस्थित भएर जनताका प्रश्नको जवाफ दिनुपर्ने माग उनले राखे।


0 comment