काठमाडौं — जय मातृभूमि पार्टीले सिमा रक्षाका लागि चासो राख्दै प्रेस विज्ञप्ती निकालेको छ । पार्टीले विशाल नेपालको अभियानलाई उच्च प्राथमिकतासाथ उठाउदै आएको छ । छिमेकीको हस्तक्षेपप्रति जयमातृभूमि पार्टी सदैव कडा रुपमा प्रस्तुत हुने र सिमानामा आफ्रनो भूमीको संरक्षण गर्दै सिमा कडाई गर्नु पार्टीका अध्यक्ष रामशरण पाण्डेले विशाल नेपाल अनलाइनलाई बताउनु भयो ।
सन् १८१६ डिसेम्बर ११ मा कथित सुगौली सन्धिमा हस्ताक्षर भइसके पछि नाभी कुटी गुन्जी छाङ्रुक लगायतका स्थानीय भोटिया जमिनदारहरुले ”हामी अंग्रेजसँग बस्न पाऊँ” भनी लेखेको पत्रको जवाफमा इष्ट इन्डीया कम्पनीको कार्यवाहक जनरल जे आडमले लिम्पीया धुरा काली नदीको मुहान भएको र काली पूर्वमा रहेका ६ गाउँहरु नेपालको रहेकोले कुमाउका प्रशासक कमिसार जी डव्लू टे«ललाई २२ मार्च १८१७ मा चिठी लेख्दै उक्त भूभाग नेपाल सरकारलाई सुम्पनु भन्ने पत्रले लिपुलेख नेपालको भुभाग हो भन्ने प्रष्ट छ । तत्कालिन सोभियत रुसले १९६७ मा प्रकाशित गरेको द वल्ड एटलस नक्साले पनि महाकालीको मुहान लिम्पीया धुरा नै स्पष्ट गरेको छ ।
त्यसतै २००९ देखि ११ सालसम्म नेपालले गरेको जनगणनामा ४ सय ३४ घरधुरी र १८ सय १६ जना जनसंख्या रहेको स्पष्ट छ । त्यस्तै २०१९ मा भैरव रिसालको नेतृत्वमा भएको जनगणनाको तथ्याङ्ग अनुसार केही भुटिया जमीनदारले घर छोडेर गए तापनि उक्त समयमा ३ सय ९७ घर र १७ सय ६८ जना रहेको तथ्याङ्गले पनि उक्त भूभाग नेपालको भन्ने प्रष्ट छ । यस्तो अवस्थामा इन्डीया र चीनले लिपुलेखबाट व्यपारिक नाका खोल्ने गरेको सम्झौताले नेपालको सार्वभौमिकतामाथी गम्भीर हस्तक्षेप गरेको देखिन्छ । त्यसैले जय मातृभूमि पार्टी चीन सरकार र इन्डीयन सरकार समक्ष सशक्त विरोध गर्दछ । साथै नेपाल सरकार र सम्बन्धित निकायहरुसँग नेपाली भूभागको सुरक्षा गर्न जय मातृभुमी पार्टी जोडदार माग गर्दै प्रेस विज्ञप्ती सार्वजनिक गरेको छ ।


0 comment