काठमाडौं - प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले विपक्षी दलको मागबमोजिम प्रधानमन्त्री बालेन शाहसँग संवाद गर्ने बताएका छन् । संसद् बैठकमा विपक्षी सांसदहरूले अवरोध गरेपछि सभामुखले प्रधानमन्त्रीसँग छलफल गरेर आवश्यक निर्णय लिने आश्वासन दिएका हुन् ।
सभामुख अर्यालले आजको बैठकपछि प्रधानमन्त्रीसँग संवाद गर्ने कार्यक्रम रहेको जानकारी दिँदै तत्काल जवाफ दिन सम्भव नभएको बताए । उनले प्रधानमन्त्री सदनमा उपस्थित हुने वा नहुने विषयमा अहिले नै निर्णय दिन नसकिने उल्लेख गरे ।
उनले भोलिको बैठक सञ्चालन र प्रधानमन्त्रीको उपस्थितिबारे कार्यव्यवस्था परामर्श समितिमा छलफल गरिने पनि बताए । तर उनले प्रधानमन्त्रीको तालिका तोक्ने अधिकार आफूलाई नभएको बताए । सभामुखको आश्वासनपछि पनि विपक्षी दलले मानेनन् ।


0 comment