काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा असारमा हुने भएको छ ।

रास्वपाले असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने रास्वपा नेता गणेश पराजुलीले सामाजिक सञ्जालमा लेख्दै प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन चितवनमा हुने जानकारी दिएका हुन् ।