काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नमा जवाफ दिदैछन्।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाका सांसदहरूले उठाएको प्रश्नमा प्रधानमन्त्री शाहले जवाफ दिने भएका हुन् । यसका लागि प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ ।
संसद सचिवालयका अनुसार, बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधन प्रस्तुत हुने र छलफल हुनेछ ।
त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि १२: १५ बजे बस्दैछ ।
बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।


0 comment