काठमाडौं - नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रेड युनियनलाई लोकतन्त्रको मुख्य आत्मा भन्दै यसको अधिकार खोस्ने काम नगर्न सरकारलाई सचेत गराएका छन् ।

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले  वर्तमान सरकारले ट्रेड युनियन लगायतका संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाउँदै ट्रेड युनियनलाई पेशागत संगठनको रूपमा सुदृढ बनाउने बहस गर्न आग्रह गरे ।

अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको पनि उनले कडा आलोचना गरे।  लोकतन्त्रका संस्थाहरूलाई हामीले नष्ट गर्ने होइन, निर्माण गर्ने हो उनको भनाइ थियो। उनले भने, ‘प्रश्नहरूबाट भागेर हैन प्रश्नहरूको जवाफ दिएर मात्रै लोकतन्त्रको विकास हुन्छ।’