काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रमले परिवर्ननको दिशा पकड्ने सङ्केत नदेखिएको बताएका छन् ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका सम्बन्धमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सरकारको कार्यक्रम निरन्तरमा  कर्मकाण्डी भएको टिप्पणी गरे।  स्रोतसाधनको सीमितताका बीच जनताको आकाङ्क्षा सम्बोधन गर्न कस्तो बजेट आउँछ भनी हेर्नुपर्ने उनले बताए ।

यसैगरी, विपक्षी नेपाली कम्युनिष्ट पार्टीका सचेतक युवराज दुलालले विगतकै निरन्तरतामा नीति कार्यक्रम प्रस्तुत भएको बताए । उनले नयाँ सरकार बनेको अवस्थामा नयाँ नीति र कार्यक्रम आउँछ भन्ने अपेक्षाअनुसार नभएको धारणा व्यक्त गरे ।