काठमाडौं - प्रतिनिधिसभा बैठक अहिले जारी रहेको छ । सिंहदरबारमा भएको बैठक सुरु हुने वित्तिकै विपक्षी दलहरूले उठेर विरोध जनाएका छन् ।विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरू उठेर विरोध गरेका हुन् ।
सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलका सांसदहरूलाई बोल्न आकस्मिक समय उपलब्ध गराएपछि सांसदहरू बसेका छन् । आकस्मिक समयमा सांसदहरुले विकल्पबिना सुकुम्वासी बस्ती हटाइएको भन्दै त्यसप्रति सरकारको कार्यशैलीको विरोध जनाएका छन् ।


0 comment