काठमाडौं - नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकले संसद छलेर ल्याइएको अध्यादेशको प्रतिवाद गर्ने निर्णय गरेको छ।

आज बसेको बैठकले प्रस्तावित प्रतिनिधि सभा नियमावलीमा भएका गलत प्रावधानमाथि संशोधन पेश गर्ने समेत निर्णय गरेको नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।

यस्तै बैठकले सुकुम्वासी समस्याको अविलम्ब प्रभावकारी समाधान खोज्न र प्रधानन्यायधीश सिफारिसप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । संसद अधिवेशन स्थगन गरेर अध्यादेश ल्याइएको विषयमा सरकारको आलोचना भइरहेको छ। 

संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। बैठकमा दिउँसो ४ बजे आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ।