काठमाडौं - जिल्ला अदालत काठमाडौँले नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिकालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले बिहीबार अम्बिका बस्नेतसहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । आदेश अनुसार बस्नेतसँग ५० हजार र अन्य ८ जनासँग २५ हजार धरौटी माग गरिएको छ ।

जिल्ला अदालतले गीता पण्डित,प्रगति थापा,सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सबिना केसी, कमला बस्नेत, निता खत्रीलाई २५ हजार धरौटीमा छाड्न आदेश दिएको छ ।  उनीहरु विरुद्ध शोभा भनिने जानुका पाठकले ज्यान मार्ने उद्योगमा जाहेरी दिएकी थिइन् ।