सुनकोशी - गत सोमबार साँझ करिब ४ बजेतिर सुनकोशी गाउँपालिका - ५ भोटेयामुना निवासी ६८ वर्षीया चरी कामीमाथि दुई युवाले कुटपिट गरेका छन् । 

कुटपिटबाट घाइते भएका कामीको हाल उहाँको काठमाडौं मेडिकल कलेज सिनामंगल काठमाडौंमा उपचार भइरहेको छ।

वृद्ध तथा दलित समुदायमाथि भएको यस्तो घटना अत्यन्त दुःखद र निन्दनीय हो। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुन अनुसार कारबाही होस् भन्ने पीडितको माग छ ।