काठमाडौं - आँबुखैरेनी गाउँपालिका–४ ‘पावर हाउस’ नजिक सुक्खा पहिरो खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध भएको छ ।  सडकमाथिबाट पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।