काठमाडौ:ठमेलको १५ तल्लाको छायादेवी कम्प्लेक्स भत्काउनुपर्ने भन्दै सम्पदा संरक्षण समाजले काठमाडौंमा प्रदर्शन गरेको छ।
ठमेलस्थित व्यापारिक भवन छायादेवी कम्प्लेक्स ऐतिहासिक सार्वजनिक पोखरी मिचेर बनाइएको र पोखरी नै कायम हुनु पर्ने माग राखी बिहीबार माइतीघरमा प्रदर्शन भएको हो।
प्रदर्शनकारीहरूले छाँयादेवी कम्प्लेक्स बहिष्कार गरौँ, कमलपोखरी पुनर्स्थापित गरौँलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
छाँयादेवी कम्प्लेक्स भत्काइ सार्वजनिक कमलपोखरी कायम गराउन सर्बोच्च अदालत दायर गरेको मुद्धाको फैसला पटक पटक गरि झण्डै १५ पटक पेशी सार्ने काम मात्र हुँदै आइरहेको छ।


0 comment