काठमाडौं - चलचित्र ‘लालीबजार’को प्रदर्शन तत्काललाई रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही वैशाख २२ सम्म प्रदर्शन रोक्न आदेश दिएको हो ।
वादी समुदायका महिलाले गर्ने संघर्षको कथावस्तुमा आधारित चलचित्रका केही शब्दहरूप्रति आपत्ति जनाउँदै वादी समुदायको तर्फबाट रोशनी नेपालीले रिट दायर गरेकी थिइन् । यम थापा निर्देशित यो चलचित्र वैशाख १८देखि प्रदर्शनको तयारीमा थियो ।



0 comment